Section 19
श्रम स्वीकृतिको निस्सा (स्टिकर) सम्बन्धी व्यवस्था
: (१) इजाजतपत्रवालाले दफा १७ बमोजिम छनौट भएका कामदारको प्रवेशाज्ञा प्राप्त भएपछि त्यस्ता कामदारलाई वैदेशिक रोजगारमा पठाउनुअघि देहायका विवरण संलग्न गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर) को लागि विभाग समक्ष लेखि पठाउनेछ :
(क) कुनै कामको लागि सीपमूलक तालिम आवश्यक पर्ने भए त्यस्तो तालिम लिएको प्रमाणपत्र र अभिमुखीकरण तालिमको प्रमाणपत्र,
(ख) निरोगिताको प्रमाणपत्र,
(ग) वीमा गरेको प्रमाणपत्र,
(घ) इजाजतपत्रवाला र कामदारबीच भएको करार,
(ङ) रोजगारदाता संस्था र कामदारबीच भएको करार,
(च) कामदारले इजाजतपत्रवालालाई तिरेको रकमको रसिद वा बैङ्क भौचर,
(छ) तोकिए बमोजिमका अन्य कुराहरु ।
(२) उपदफा (१) बमोजिम पेश भएको विवरण जाँचबुझ गर्दा दफा १५ बमोजिम पेश गरेको विवरणसँग दुरुस्त देखिएमा विभागले तीन दिनभित्र त्यस्ता कामदारको राहदानीमा श्रम स्वीकृतिको निस्सा (स्टिकर) लगाई दिनेछ ।
(३) उपदफा (१) बमोजिम उपलब्ध गराईएको जानकारी दफा १५ बमोजिम पेश गरेको विवरणसँग फरक देखिएमा विभागले वैदेशिक रोजगारमा कामदार पठाउन इजाजतपत्रवालालाई रोक लगाउन सक्नेछ र त्यसरी रोक लगाउनु पर्ने कारण सहितको जानकारी इजाजतपत्र वालालाई दिनु पर्नेछ ।